Sajhamanch Archive

‘आइसोलेशन अवधिलाई रचनात्मक र रमाइलो बनाउनुस्’

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण भएर आइसोलेशनमा बसेका व्यक्तिहरुलाई आइसोलेशनको अवधिलाई सकेसम्म रचनात्मक र रमाइलो बनाउन आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमणलाई जित्नको लागि आत्मबल चाहिने र रमाइलो वातावरणमा आत्मबल बढ्ने भएकोले त्यस्तो वातावरण बनाउन प्रयास गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएका व्यक्ति अरु मानिसबाट अलग्गिएर बस्ने र त्यहाँ बस्दा मनमा लागेको कुरा लेख्ने, गीत सुन्ने, चलचित्र हेर्ने, अनलाइन तथा फोनबाट आफन्त तथा साथीभाइसँग गफ गर्ने जस्ता काम गर्दा फाइदा हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

अनलाइनबाट काम गर्न सम्भव हुनेले आफ्नो काम नियमित गर्ने, नियमित योग तथा व्यायाम गर्ने, पोसिला खाना खाने जस्ता कामबाट फाइदा हुने भन्दै डा.गौतमले कोरोनासँग सम्बन्धित खबर धेरै नहेर्न तथा नसुन्न आग्रह गरे। दुई हप्तासम्म कुनै लक्षण नदेखिएमा त्यसपछि स्वास्थ्यको मापदण्ड पालना गर्दै आफ्नो काममा फर्कन मन्त्रालयले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *