Sajhamanch Archive

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, by .

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ ।

बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ ।

यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी कोषको योजना बनाएको छ । यस कोषमा नेपाली कलाकार जो दिन भर आफ्नो पेशाले लाखौँ दर्शकलाई मनोरञ्जन दिएर रोग र गरिबीको चपेटाले दिनदिनै मरिरहेका छन । ठुलाठुला प्राणघातक रोगहरुको त कुरा छाडौँ सामान्य ज्वरो आउदा समेत सिटामोल खाने खर्च जुटाउन नसक्ने अवस्थाका कलाकारहरु,जो बिभिन्न प्रतिभाहरुले सम्पन्न भएता पनि गरिबी र ठाउ नपाएका त्यस्ता व्यक्तिहरुलाई कल्याणकारी कोषद्वारा उद्धार गरिने सरगम प्रशिक्षक दिपक रायमाझीले जानकारी दिए ।

कल्याणकारी कोषको संयोजकका रुपमा रहेका प्रशिक्षक दिपक रायमाझीका अनुसार नेपालमा पहिलो पल्ट यस किसिमको संस्था सुरुवात गरिएको बताए । संयोजक रायमाझिका अनुसार संस्थामा बिभिन्न ठाउँ जिल्ला र कलाकारीतामा आबद्य सम्पुर्ण नेपालीहरुले बुझन्न र सबै लागि पर्नु पर्न बताउदै ,अब कलाकारहरुमा पर्ने दुबिदाहरु छिट्टै निर्मुल हुने जानकारी दिए । शनिबार मुहुर्त भएको सरगमका विद्यार्थी मदन चुडालले आफ्नो जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरी १० हजार रुपैया कल्याणकारी कोषमा सहयोग गरेका थिए ।

यता,सरगम विद्यार्थी एवम अभिभावकहरुले पनि सोही कोषमा आर्थिक सहयोग गरेका छन । जस्मा कुमार कडरीयाबाट १० हजार, राम तिम्सिना ५ हजार एक सय , कुमार पौडेल ५ हजार ,जिवनकुमारी खतिवडा ११ हजार ५१ , लिला बस्नेत १५ हजार ,दिपक रायमाझी ११ हजार , मणि बर्देवा ५ हजार , दिपक न्यौपाने ५ हजार ५ सय ५५ रुपैया , प्रमिश राई ५ हजार ,सुनिता लेप्चा ५ हजार ,सौगात संगौला १० हजार रुपैया ,कृतिका दहाल ५ हजार , हर्क खाती ५ हजार बिष्णु सिग्देल ३ हजार , तरा कार्की ३ हजार , गोपाल भण्डारी ३ हजार रमेश कडरीया २ हजार ५ सय , त्रिसा बिष्ट ३ हजार , अर्जुन चुडाल २ हजार र १ हजार ५ सय रुपैया बिशाल गौतमले सहयोग गर्दै जम्मा १ लाख २५ हजार ७ सय छ रुपैया संकल भएको प्रशिक्षक एंवम संयोजक दिपक रायमाझीले जानकारी दिए ।

कल्याणकारी कोषमा जम्मा भएको रकमलाई सदुपयोग गर्दै नेपाली कलाकारहरुलाई प्रोत्सान दिन र कालाकारहरुको भबिस्य शुनिच्त गर्नु यस कोषको मुख्य भुमिका रहेको रायमाझीले जानकारी दिए । सम्र्पुण नेपालीहरु एकजुट भई लागि परि कलाकार पेशामा होमिएका सबै जगतलाई रक्षा गर्नु सबैको दायित्व रहेकाले सक्ने आर्थिक सहयोग सेवा स्वरुप कोषमा जम्मा गर्न सबैमा अपिल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *