Sajhamanch Archive

आईपीएल : कोलकाताको दोस्रो जित

Published: in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

राजस्थानका लागि टोम करनले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५४ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २१ रन बनाउँदा राहुल तेवातीय १४ रन बनाए । राजस्थानका लागि अन्य कुनै ब्याट्सम्यनले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ कोलकाताका लागि कमलेस नगरकोटी, वरुन चक्रवर्ति र शुभम माविले समान दुई–दुई किवेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कोलकाताका लागि सुभम गिलले सर्वाधिक ४७ रनको योगदान गरे । ३४ बल खेलेका उनले ४७ रन बनाएका थिए । त्यस्तै कोलकाताका लागि इयन मोर्गानले ३४ रन बनाउँदा आन्द्रे रसेलले २४, नितेश रानाले २२ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक दुई विकेट लिए । त्यस्तै अंकित राजपुत, टोम करन, जयदेव उन्डकट र राहुल तेवातियाले समान एक–एक विकेट लिन सफल भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *