Sajhamanch Archive

सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

उनी विराटनगरको विराट मेडिकल कलेजबाट अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएर रिफर भएका थिए। ज्वरो,खोकी, श्वासप्रश्वासमा कठिन भएर प्रतिष्ठानमा रिफर गरिएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा संक्रमितको अवस्था गम्भीर रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *