Sajhamanch Archive

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार विराटनगरको विराट शिक्षण अस्पतालबाट गम्भीर अवस्थामा बिरामीलाई बुधबार राति ९ बजेर ३० मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।विराट अस्पतालमा बुधबार नै पीसीआर रिपोर्ट पोजिटिभ आएका बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासको अधिक समस्या रहेको थियो । प्रवक्ता सापकोटाका अनुसार वीपीको कोभिड १९ अस्पतालमा भर्ना गरेको १५ मिनेटमा बिरामीको मृत्यु भएको थियो ।

शवको व्यवस्थापन कार्य भइरहेको जनाएको प्रतिष्ठानले बिरामीमा कुनै दीर्घ रोग नदेखिएको प्रष्ट्याएको छ । यससँगै प्रतिष्ठानमा हालसम्म ३८ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा भने कोरोना संक्रमणबाट १९ महिला र ५३ पुरुष गरी कुल ७२ जनाको मृत्यु भएको छ । जसमा प्रदेश १ स्थायी ठेगाना भएका ५८ र बाहिरका १४ जना रहेकाछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *