Sajhamanch Archive

कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by .

काठमाडौं । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् । कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो ।

महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुने र मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ पुगेको छ । सुर्खेत र दैलेखका ३र३ जना र एकजना डोल्पाका व्यक्तिको मृत्यु भएको महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *