बलात्कार आरोपमा वडासचिव पक्राउ
Published:
by .जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भंगहा नगरपालिका वडा नं.९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए ।
सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले बताए ।
महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत अनलाइनखबर
Comments