करेन्ट लागेर झापामा एकजनाको मृत्यु
Published:
by .झापा । झापाको भद्रपुर नगरपालिका वडा नं.६ स्थित रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए ।
वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments