Sajhamanch Archive

हतारमा खाना खाँदा अपचका साथै अनावश्यक तौल बढ्ने

Published: in टिप्स/जानकारी by .

विराटनगर। हामीमध्ये अधिकांश व्यस्त तालिका भएका व्यक्तिहरू खानालाई छिटो खाने गर्छन् ।

दैनिकरूपमा दोहोर्‍याउँदै लाँदा यो बानीमा समेत परिवर्तन हुन्छ । तर, हतार–हतारमा खाना खानुले राम्रोभन्दा बढी हानी गर्छ । छिटो खाँदा शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी प्राप्त हुन सक्छ । बिस्तारै खानाले मस्तिष्कलाई ठीकसँग प्रक्रिया गर्न र कार्य गर्न मद्दत गर्छ । पेट भरेपछि पेटले मस्तिष्कलाई सिग्नल पठाउँछ र यसरी हामी खाना रोक्छौं ।

तर, दिमागले पेट भरिसकेको महसुस गर्न समय प्राप्त नगर्ने हुँदा छिटो–छिटो खाँदा मानिसहरूले चाहिनेभन्दा धेरै खाइरहेका हुन्छन् । धेरै खानाले तौल बढ्न थाल्छ, जसले अन्य स्वास्थ्य समस्याहरू निम्त्याउने गर्छ । शरीरले सेलहरूमा सबै अतिरिक्त क्यालोरीहरूलाई भण्डारण गर्छ जसले तौल बढाउने गर्छ । स्वस्थ तौल कायम गर्न, बिस्तारै खानुपर्छ ।

बिस्तारै खाँदा खानेकुराबाट अधिकतम् पोषक तत्वहरू सोस्न मद्दत गरी अनावश्यक तौल बढाउनबाट बचाउँछ । छिटो–छिटो खाना खाँदा अपचको समस्या हुन्छ । खाना राम्रोसँग नचपाई खाँदा, छिटो निल्नका लागि पानी पिएर खाना खाँदा पाचन प्रणालीलाई खाना पचाउन गाह्रो बनाउँछ । यो अपचको कारण बनी पेटसम्बन्धी विभिन्न समस्याहरू निम्त्याउन सक्छ ।

छिटो खानाले मधुमेहको समस्या निम्त्याउन सक्छ । छिटो खानाले एकै दिनमा वा सिधा मधुमेह बढाउँछ भन्ने हुदैन तर, यसले निश्चितरूपमा मधुमेहको जोखिम बढाउन सक्छ । केही अध्ययनहरूले छिटो खानको कारण पेट फुल्ने समस्याले इन्सुलिन प्रतिरोधको जोखिम बढाएर वयस्कमा टाइप २ मधुमेह निम्त्याउने प्रमाणित गरेको छ ।

हतार–हतार खाना खाँदा खानेकुरा अड्किन सक्छ । बच्चाहरूले यो जोखिम अधिक अनुभव गर्न सक्छन् । व्यस्त तालिका भए पनि जोखिमहरू कम गर्न खानका लागि केही समय लिनु अत्यावश्यक हुन्छ । खाना ठीकसँग खाँदा शरीरमा उर्जा र पोषक तत्वहरू प्रदान हुन्छ, जसले शरीरलाई दिनभरि काम गर्न मद्दत गर्छ । समय लिएर खानालाई राम्ररी चपाएर खाँदा धेरै स्वास्थ्य समस्याहरूबाट टाढा रहन सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *