Sajhamanch Archive

बिर्तामोडमा ‘मरेका माछा’ बिक्री गर्न रोक

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बिर्तामोड। बिर्तामोड नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ ।

बिषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत नगरपालिकाले नगरभित्र बिषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाको आज बसेको बैठकले नगरमा त्यस्ता सडेगलेका माछाको बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

उनले एक सूचना जारी गरी रसायन प्रयोग गरिएका, सडेगलेका माछा बजारमा निर्बाध रुपमा बिक्री भैरहेकाले त्यस्ता माछाको उपभोगले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सबैलाई सचेत बन्न आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *