गोमनसिंहका हत्यारा जेल चलान
Published: (Updated: )
by .शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ११ का गोमसिंहका हत्यारा कारागार चलान भएका छन् । पछाडीबाट धारिलो हतियार प्रहार गरेर आफ्नै साथीलाई हत्या गर्ने शिवसताक्षी ८ का मनकुमार लिम्बु कारागार चलान भएका हुन् ।
कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको विहीबार भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो ।
गएको भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित झिलझिले स्थित सताक्षीधाम जाने सडकको किनारमा २९ वर्षीय गोमनसिंह मगरको सव भेटिएको थियो ।
१६ गते साँझ गोमनसिंहलाई फोनबाट बोलाई सतासीधाम घुम्न जाने बहानामा आधीबाटो पुगेपछि साथीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
उनीहरु दुवै जना केही समय अघि बैदेशिक रोजगारीको क्रममा बराइन बस्दाका साथी थिए ।
Comments