Sajhamanch Archive

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने भएको छ। आज बसेको पदाधिकारी बैठकले साधारणसभाको मिति तय गरेको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

काठमाडौंमा साधारणसभा हुने समेत उनले जानकारी दिइन्। तर काठमाडौंमा हुन नसकेको अवस्थामा अन्य विकल्पमा तयार गरेर भए पनि साधारणसभा हुने उनले जानकारी दिइन्।

महासंघको ५४औं साधारणसभा नियमित रूपमा हुनका लागि चैत २८ र २९ गते काठमाडौंमा हुने तय भएको थियो। तर कोरोना महामारीको संकट सुरु भएकाले जेठको पहिलो साताका लागि तय गरिएको थियो। जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो। साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *