Sajhamanch Archive

आईपीएल : मुम्बईसँग पन्जाब स्तब्ध

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४३ रन बनायो ।

पन्जाबका लागि निकोलस पुरानले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै मयाङ्क अर्गवालले २५ रन जोड्दा कृस्नअप्पा गौतमले २२ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रित बुमरा र राहुल चहारले समान दुई- दुई विकेट लिए । त्यस्तै कुनाल पाड्या र ट्रेन्ट बोल्डले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ७० रनको योगदान गरे ।

त्यस्तै मुम्बईका लागि किरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाड्या ३० र इशान किशनले २८ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि शेडोन कट्रेल, मोहमद स्वामी र कृस्नपा गोथामले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *