Sajhamanch Archive

पूर्वपतिले गरे टिकटक लाइभमै आगो लगाएर युवतीको हत्या

Published: in विश्व समाचार by .

एजेन्सी । आफ्नै पूर्वपतिले पेट्रोल छर्केर आगो लगाएको दुई सातापछि चीनमा एक युवतीको मृत्यु भएको छ ।

लामु नाम गरेकी युुवती टिकटकमा चर्चित थिइन् । टिकटकमै लाइभ गरिरहेका बेला पूर्वपतिले पेट्रोल छर्कदै उनलाई आगो लगाएर हत्या प्रयास गरेका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा दुई सातापछि निधन भएको बीबीसीले जनाएको छ।

३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोस्ट गरेकी थिइन्। त्यसको दोस्रो दिन भिडियो लाइभमा आएकी उनको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो। लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ। यो घटनापछि चीनमा महिला विरूद्ध हिंसाबारेको बहस फेरि चुलिएको छ। लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *