Sajhamanch Archive

अक्षय कुमारको कीर्तिमानी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् ।

अक्षय बलिउडको पहिलो यस्ता अभिनेता बनेका छन्, जसले लकडाउनमा फिल्मको छायांकन सुरु गरेर लकडाउनमै पूरा गरेका छन् । उनले पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका छन् । पहिलो पटक लकडाउनमा उनी लामो समय कामबाट टाढा बस्नु परेको थियो । डबल सिफ्टमा काम गरेर उनले ‘बेल बटम’ को छायांकन पूरा गरेको भारतीय मिडियाले बताएका छन् ।

फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा अक्षय मात्र फिचर छन् । ८० दशकको कथामा आधारित फिल्ममा हुमा कुरेशी, लारा दत्त र वाणी कपुरलगायतका कलाकारको पनि अभिनय छ । फिल्म २०२१ को अप्रिल २ तारिखमा प्रदर्शन हुनेछ । सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको फिल्ममा अक्षय जासुसको भूमिकामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *