Sajhamanch Archive

सत्याग्रही डा. गोविन्द केसी भेट्न पुगे पूर्वराष्ट्रपति यादव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ । जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *