विराटनगरकी थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु
Published:
by .विराटनगर । कोरोना सक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– १४ की ७२ वृद्धाको मृत्यु भएको हो ।
उपचार केन्द्रका प्रमुख डाक्टर दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । महिलामा स्वासप्रश्वास र मिर्गौलाको समस्या थियो ।
Comments