Sajhamanch Archive

उपाधि दाबेदार लिभरपुलको रवाफिलो जित

Published: in खेलकुद, by .

इंग्लिस प्रिमियर लिगमा जारी सिजन उपाधिका लागि सर्वाधिक अघि मानिएको लिभरपुलले आफ्नो पहिलो खेलमा रवाफिलो जित हासिल गरेको छ।

आफ्नो उदघाटन खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो। प्रिमियर लिगमा जित संख्या ५०० पुर्‍याउने क्रममा लिभरपुलले खेलको १९ औं मिनेटमा मोहमद सलाहले टिमका लागि पहिलो गोल गरे। गत सिजन पनि उत्कृष्ट प्रदर्शन गरेका सलाहले यो सिजनको उदघाटन खेलमा पनि टिमका लागि पहिलो गोलको कीर्तिमान बनाए।

लिभरपुलका लागि साडियो मानेले त्यसपछि दुई गोल सम्भव बनाए। पहिलो हाफको अन्तिम समयमा गोल गरेका मानेले ५३ औं मिनेटमा दोस्रो गोल सम्भव बनाए। खेलमा एकपक्षीय रुपमा हावी भएको लिभरपुलले ८८ औं मिनेटमा चौंथो गोल थप्यो। बैकल्पिक खेलाडी ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई रवाफिलो अग्रता दिलाए।

लिभरपुलले कीर्तिमानी मूल्यमा भित्राएको गोलकिपर एलिसनले समेत खेलमा डेब्यु गर्दे उत्कृष्ट प्रदर्शन गरे। जारी सिजन लिभरपुल उपाधि जित्ने ध्याउन्नमा रहेको छ। उसले उपाधिका लागि भनेर नै सबै अन्य इंग्लिस क्लबभन्दा जारी सिजन केही बढी नै खर्च गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *