Sajhamanch Archive

आलम प्रकरण : इँटा भट्टाका हेडमिस्त्री पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । नेपाली कांग्रेसका नेता अफ्ताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमिस्त्री पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ का ५५ बर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो ।

भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस-४ (हाल राजपुर नगरपालिका वडा नं.४) का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो ।

विस्फोटमा परी श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह समेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि थुनामा छन् । त्यसको एकवर्षपछि हेडमिस्त्री सहनीले पक्राउ परेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *