Sajhamanch Archive

अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत भुर्तेलको विदाइ

Published: (Updated: ) in समाज, स्थानीय तह by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल नगरपालिकाबाट बिदाइ भएका छन् ।

विगत दुई वर्षदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भूर्तेललाई नगरपालिका, नगरका विभिन्न शाखासहित विभिन्न संघसंस्थाले शुक्रबार बिदाइ गरेका हुन् ।

नगरले प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले नगरमा रहँदा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्रसहित बिदाइ गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले अर्जुनधारामा काम गर्दा सन्तुष्ट भएको बताए । ‘अर्जुनधारामा काम गर्न असहज हुने सुनेको थिए’, भूर्तेलले भने तर, त्यो वातावरण भएन ।

उनले सरुवा भए पनि यस नगरका लागि सकेसम्म सहयोग गर्ने प्रतिवद्धता गरे । उनी प्रदेश– १ मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *