Sajhamanch Archive

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब लिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *