Sajhamanch Archive

दमकमा दुईवटा मोटरसाइकल जुध्दा पाँचजना घाईते

Published: in समाज by .

दमक । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकको क्याम्पस मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन । त्यसमध्ये चारजनाको अबस्था गंभीर रहेको छ ।

राति करिव ९ बजेतिर मे ११ प २९२७ र को २५ प ६१८१ नं का दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मोटरसाइकल चालक दमक नगरपालिका वडा नं.९ बस्ने ३५ वर्षिय भीमराज श्रेष्ठ , उनकी श्रीमती २१ वर्षिया संझना , अर्का मोटरसाइकल चालक दमक नगरपालिका वडा नं.४ बस्ने २१ वर्षिय मनिश अधिकारी, पछाडि सवार दमक नगरपालिका वडा नं.४ का ५१ वर्षिय पूर्णबहादुर श्रेष्ठ र दमक नगरपालिका वडा नं.४ कै २७ वर्षिय राजन श्रेष्ठ घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर अबस्थाका चारजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । त्यसमध्ये दुईजनाको आइसियूमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सामान्य अबस्थाका एकजनाको दमकको लाइफलाइन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *