Sajhamanch Archive

सुडानमा सरकार र विद्रोही समुहबीच शान्ति सम्झौता

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । सुडानको सरकार तथा विद्रोही समुहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।

सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले आज आफुहरुले शान्ति सम्झौतामा हस्ताक्षर गरेका आफुहरुको लक्ष्य पूरा भएको बताए ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि सङ्क्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मूलधारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौताको साक्षी बनाइएको छ । यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् भने अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *