Sajhamanch Archive

बसभित्रै १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन्।

एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका वडा नं.१० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित दुईजना रहेका छन्। दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

भक्तपुर नगरपालिका वडा नं.८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ। बलात्कारको घटना थाहा पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्कासमेत २ जनालाई पक्राउ गरेको हो।

उक्त घटनामा संलग्‍न रहेर अर्का एकजनाको खोजी भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *