Sajhamanch Archive

झापामा पत्रकारसहित थप १९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । झापामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नं. १, ४, ५ र ३ का २ जना महिला र ६ जना पुरुषहरु रहेका छन् । जसमा १ जना उदयपुर ठेगाना भएका सुरक्षाकर्मी, १ जना स्वास्थ्यकर्मी र १ जना पत्रकार रहेका छन् । बिर्तामोडका संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।

यस्तै दमक नगरपालिका वडा नं. २, ८, १, ५ र ९ क ४ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । जसमा १ जना भारतबाट आएका हुन् भने ८ जना स्थानीय बासिन्दा रहेका छन् भने २ जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन भएको हो ।

यसैगरी कमल गाउपलिका वडा नं. ४ का १ जना स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वडा न ४ क १ जना स्थानीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वाब संखुवासभाबाट संकलन भएको चौंलागाईले बताए ।आज संक्रमण पुष्टि भएका १९ जनासंगै झापामा कुल संक्रमितको संख्या ९३० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *