Sajhamanch Archive

देशका केही ठाउँको मौसम बद्ली, मनसुन बिस्तारै कमजोर बन्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । देशका केही ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ।

देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ । पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । अब केही दिनमा देशभरिबाटै मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।

जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १/२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *