संक्रमित पत्रकारको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु
Published: (Updated: )
by .बिर्तामोड । झापा विर्तामोडका एकजना पत्रकारमा कोरोना देखिएपछि उनको सम्पर्कका व्यक्तिहरुको खोजी कार्य सुरु भएको छ ।
विर्तामोड नगरपालिकाले संक्रमित पत्रकारको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु गरेको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए ।
आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित पत्रकारको सम्पर्क १०० जना भन्दा बढीसँग सम्पर्क भएको नगर स्वास्थ्य शाखा प्रारम्भिक जानकारी लिएको छ । सम्पर्कका व्यक्तिहरुमा अधिकांश पत्रकारहरु रहेका छन् ।
झापाको धुलावारीमा होटल मेची क्राउनले बुधवार आयोजना गरेको रात्री भोजसहितको पत्रकार सम्मेलनमा उनको पनि सहभागिता रहेको बुझिएको छ ।
पत्रकार सम्मेलनमा झापा, मोरङ र सुनसरीका ६२ जना पत्रकार सहभागी थिए । संक्रमित पत्रकार समान्य अवस्थामा छन् ।
Comments