Sajhamanch Archive

भतिजीलाई बलात्कार गरेर बच्चा जन्माएपछि पोल खुल्यो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पोखरा । नातामा भतिजी पर्ने एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । हाडनाता पर्ने ती बालिकालाई गत पुस २ गते युवकले बलात्कार गरेका थिए ।

बलात्कृत किशोरीले भदौ २९ गते पश्चिमाञ्‍चल अस्पतालमा बालकलाई जन्म दिएपछि घटनाको पोल खुलेको हो । घटना सर्लाहीको हो । तर, पीडक पोखरामा बस्ने गरेका थिए । कास्की प्रहरीले सर्लाही प्रहरीसँगको समन्वयमा आरोपित किशोरलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गत पुसमा राति साढे नौ बजे ती किशोरले घरमा एक्लै रहेकी किशोरीलाई डरधम्की देखाएर बलात्कार गरेको बयानमा बताएका छन् ।

उनीविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिइ अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *