Sajhamanch Archive

विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.६ र सुन्दरहरैचा नगरपालिका वडा नं.४ का पुरुषको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका वडा नं.६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो ।

सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका वडा नं.४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *