Sajhamanch Archive

त्रिविका उपप्राध्यापकमाथि आक्रमण

Published: in शिक्षा, समाज by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ।

कीर्तिपुरमा मंगलबार उनीमाथि रड प्रहार भएको हो। उनको टाउकोमा चोट लागेको छ। त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले चलाउनेमाथि आक्रमण भएको जानकारी आएको बताए।

घाइते उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीमाथि त्रिवि परिसर कीर्तिपुरमै आक्रमण भएको हो। तर कसले आक्रमण गरेको भन्ने खुलेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *