Sajhamanch Archive

भद्रपुर भन्सार र कृषि विकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुरमा मङ्गलवार पाँचजना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो ।

कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका ५५ वर्षीय कार्यालय सहयोगीलाई संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । त्यस्तै भद्रपुर नगरपालिका वडा नं.१० का ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाले मेची अस्पतालमा गरिएको ९२ जनाको कोरोना परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यता सीमा नाकाको भन्सार कार्यालय कर्मचारी कोरोना पुष्टि भए पनि कार्यालय भने खुला रहेको छ ।

पहिलो पटक सीमा नाकामा खटिएका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आसपासका स्थानीयमा त्रास बढेको छ । भन्सारका कर्मचारीलाई कोरोना देखिएपनि कार्यालय खुल्ला राख्दा उनीहरूले आक्रोश समेत पोख्न थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *