Sajhamanch Archive

भद्रपुरमा जनप्रतिनिधिसहित ६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुरमा आज एक जनप्रतिनिधि सहित ६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले दिएको जानकारी अनुसार संक्रमित हुनेमा वडा न १० का अध्यक्ष सहित कृषि विकास बैंक चन्द्रगढीमा कार्यरत ४ जना कर्मचारी र भद्रपुर भन्सारका एक कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ६ जना मध्ये एकजना महिला र ५ जना पुरुष रहेका छन् ।

९२ जनाको नमूना संकलन गरिएकोमा छ जनाको पोजेटिभ देखिएको र अन्यको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *