Sajhamanch Archive

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी  दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।

प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए।

प्रदेश ५ को सरकारले दाङ देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो ।

त्यस्तै,प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *