Sajhamanch Archive

काँकडभिट्टाबाट तीन युवतीको उद्धार

Published: in समाज, स्थानीय तह by .

मेचीनगर । नेपाल–भारत सिमा क्षेत्रमा घुम्दै गरेका तीन युवतीलाई माइती नेपाल काँकरभिट्टा र प्रहरीले उद्धार गरेको छ ।

झापाको गौरादह, सुनसरी र भक्तपुर दुवाकोट घर भएका तीन युवतीलाई माइती नेपालले आइतबार र सोमबार काँकडभिट्टामा भेटाइ परामर्श पश्चात आवास गृहमा राखेको छ ।

युवतिले विभिन्न व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क गरी कामका लागि पानीट्याङ्कीस्थित होटलमा काम गर्न हिँडेको बताएका छन् । सुनसरी घर भएकी युवतीलाई भने परिवारको जिम्मा लगाइएको माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले बताए ।

कोरोना महामारीको समयमा पनि दलाल सक्रिय रहेको माइती नेपालका काँकडभिट्टाका प्रमुख घिमिरे बताउँछन् । गत साउनमा पनि काँकडभिट्टा क्षेत्रबाटै भारत जान लागेका ४ युवतिलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको माइती नेपाल काँकडभिट्टाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *