झापामा थप १९ जनामा कोरोना
Published: (Updated: )
by .बिर्तामोड । झापामा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार झापामा आज बिर्तामोड, भद्रपुर, दमक, अर्जुनधारा, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिमा कोरोना पुष्टि भएको हो ।
भद्रपुर नगरपालिका वडा नं. ५ र १० का १ महिला र ७ पुरुष गरी आठ जना स्थानीय, दमक नगरपालिका वडा नं.१ र १० का तीन स्थानीय पुरुष, अर्जुनधारा नगरपालिका वडा नं.५ का एक स्थानीय पुरुष र हल्दिबारी गाउँपालिका वडा नं २ का दुई स्थानीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. १ र ४ का तीन स्थानीय पुरुष, बाह्रदशी गाउँपालिका वडा नं.४ का भारतबाट आएका एक पुरुष र बुद्धशान्ति गाउँपालिका वडा नं.४ का एक स्थानीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
झापामा कुल संक्रमितको संख्या ९५४ पुगेको छ भने ८३९ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
Comments