Sajhamanch Archive

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित,३२ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला र १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १-१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा २८ महिला र २६ पुरुष, इटहरीमा ६ महिला र १२ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, रामधुनीमा २ महिला र २ पुरुष, बर्जुमा १ महिला र ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १-१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला र २ पुरुष रहेका छन् ।झापाको भद्रपुरमा १ महिला, ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १-१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।

प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १-१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *