काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत
Published: (Updated: )
by .मेचीनगर । स्थानीय सरकार र जिल्लाको संयुक्त अनुगमन टोलीले पूर्वीनाका काँकडभिट्टाबाट म्याद नाघेका विभिन्न खाद्यबस्तु जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको टोलीले म्याद गुज्रिएका, नेपालमा बेच्न प्रतिबन्ध लगाइएका, उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो ।
उपभोक्ता र विक्रेतालाई सचेत गराउन बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । ‘चाडपर्वका बखत बजारमा खाद्य वस्तुको अभाव र मूल्य बृद्घि हुने भएकाले अनुगमन गरिएको खरेलले जानकारी दिए ।
मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले व्यवसायीहरुले आफ्नो दर्ता प्रमाणपत्र चुस्तदुरुस्त नराखेको फेला परेपछि सचेत गराइएको बताए ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले मूल्य सूची अद्यावधिक नगरेको पाइएको नगर अनुगमन समिति संयोजक तथा मेचीनगर उपप्रमुख मीना उप्रेतीले बताइन् ।
Comments