भिनाजुद्वारा ५ वर्षे बालकलाई निर्मम करणी, बेहोस भएपछि घाँटी थिचेर हत्या
Published: (Updated: )
by .जनकपुर। घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो)रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो ?’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा ।
लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको थियो । रूपेशलाई डिलमा राखेर उनी खाल्डोको पानीमा बल्छी थाप्न थाले । गरै (सानो माछा) ४–५ वटा झिकेपछि रूपेशलाई समाउन दिए । रूपेशले ‘यो माछा घर लान्छु’ भन्दै जिद्दी गर्न थाले ।
जब २२ वर्षीय रामबहादुरले रूपेशलाई माछा दिँदै एउटा प्रस्ताव राखे । उनको प्रस्ताव सुनेर अबोधले कुनै प्रतिक्रिया जनाएनन् । अचानक रामबहादुरले च्याप्प समाएर खेतमा उतानो पारेर पछारे । रूपेशको अनुहार खेतको आलीमा धस्रियो । जबर्जस्ती गर्न खोज्दा उनको मलद्वार च्यातियो । बेहोस भए । निर्ममतापूर्वक करणी गरेपछि रामबहादुरले नाडी छामे । कुनै संकेत नपाएपछि रूपेशले नै लगाएको कन्दनी फुकाले, त्यसैले घाँटी कसेर हत्या गरिदिए । अप्राकृतिक मैथुनको यो घटना धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा भएको हो ।
कान्तिपुर दैनिकबाट
Comments