Sajhamanch Archive

आईपीएल : मुम्बईले राजस्थानलाई ५७ रनले हरायो

Published: in खेलकुद by .

एजेन्सी । मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

शेख ज्यायद स्टेडियममा मुम्बईले जितका लागि दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ बनाउन सक्यो ।

राजस्थानका लागि जोस बर्टलरले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ७० रनको योगदान गरे । त्यस्तै जोफ्रा आर्चरले २४ रन बनाउँदा टोम करनले १५ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले सर्वाधिक चार विकेट लिए । उनले २० रन दिएर चार विकेट लिन सफल भएका हुन् । त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ७९ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन जोड्दा हार्दिक पांड्या ३० तथा क्विन्टन डिककले २३ रन बनाए । बलिङतर्फ श्रेयस गोपालले दुई विकेट लिए । त्यस्तै जोफ्रा आर्चर र कार्तिक त्यागीले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *