Sajhamanch Archive

सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *