Sajhamanch Archive

सुन ८ सयले सस्तियो, आजको भाउ कति ?

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । हिजो तोलाको ९४ हजार ४ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । हिजो तोलाको १२ सय रुपैयाँ रहेको चाँदी आज ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *