Sajhamanch Archive

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका वडा नं.१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका वडा नं.११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडा नं.११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नं. ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ ।

                                                                                        अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *