Sajhamanch Archive

विप्लव’ नेतृत्वको युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ, रिहाइको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेत्र विक्रम चन्द “विप्लव“नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तार परेका छन् ।

उनलाई सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै विप्लव माओवाीले तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त संगठनले झापाको शिवसतासिमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो । भने, अध्यक्षमा पक्राउ परेका सम्राटलाई चुनेको थियोे ।

संगठनका मेची–कोशी ब्युरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका हुन् । उनको विज्ञप्तिमा भनिएको छः–हाम्रो गौरवशाली संगठन युवा संगठन नेपाल झापा जिल्लाका अध्यक्ष कमरेड सम्राट लाई मिति २०७७–०६–१९ गते बेलुका घरमा परिवारसंग बसिरहेको अवस्थामा जनबिरोधी, राष्ट्रघाती सरकारद्वारा परिचालित प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

झापाका सचेत क्रान्तिकारी युवाहरुले भर्खरै सम्पन्न गरेको संगठनको चौथो जिल्ला सम्मेलनबाट अताल्लिएका दलालहरुका जल्लादहरुको यो निकृष्ट रबैयाको हाम्रो संगठन कडा शब्दमा निन्दा एंव भत्सर्ना गर्दै गिरफ्तार कमरेडको तुरुन्त रिहाइको माग गर्दछ ।

भ्रष्टाचार, जनघात र राष्ट्रघातमा चुर्लुम्म डुबेका झापाका प्रशासक र सरकारी दानापानी खानेहरु विप्लव माओवादीले उठाएका जनता र राष्ट्रको हितका मुद्धाहरुबाट अत्तालिएका आरोप समेत लगाएको छ । विज्ञप्तिमा भनिएकोछ–सम्राटको गिरफ्तारी झापामा रहेका सरकारी तक्मा झुण्ड्याएका जनघातीहरुको पराजित र हतोत्साहीत मानसिकताको पराकाष्ठा हो ।

विप्लव माओवादी र त्यसका संगठनहरुले जनताको बीचमा नितान्त राजनितीक गतिबिधी गरिरहेको स्पष्ट पारेको छ । साथै विप्लव माओवादी कोरोना महामारी बिरुद्धको अभियानमा जुटिरहेको बताइएको छ । आफूहरु विशुद्ध राजनीतिक मुद्धाहरु बोकेर हिडेको भन्दै अनावश्यक दमन तुरुन्त रोक्न चेतावनी समेत दिएको छ ।

राजनितिक अधिकारलाई कुण्ठित गरेर द्वन्दको वातावरण बनाउनको निम्ति दमनलाइ निरन्तरता दिने हो भने संगठनले सशक्त प्रतिरोध गर्ने उल्लेख गरेको छ । जसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयं सरकारी निकायले लिनुपर्ने युवा संगठनले स्पष्ट परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *