Sajhamanch Archive

ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ

Published: (Updated: ) in समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं.९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो साँझ ६ बजे पक्राउ गरेको हो । मिस्त्री काम गर्ने उनले भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्दै आएको खुलेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६.९९ ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक रायलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *