Sajhamanch Archive

आलियाको ‘गंगूबाई काठियावाडी’ को छायांकन रातमा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

कोरोना कहरको समयमा फिल्मको छायांकन सुरु गर्ने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्ट पनि थपिएकी छन् । उनले सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, अहिले फिल्मको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ ।

छायांकनको क्रममा कलाकार र प्राविधिकको समय बचाउनका लागि बढीजसो छायांकन रातमा भइरहेको छ । फिल्मका एक सदस्यले बलिउड भाष्करसँँग भनेका छन्, ‘कलाकार र क्रू मेम्बर साँझ परेपछि सेटमा आउँछन् र रातभरी छायांकन गरेर विहान घर फर्किन्छन् । दिनभरी आराभ गरेपछि फेरि साँझमा सेटमा फर्किन्छन् । यसले सबै मुम्बईको ट्राफिकमा फस्नबाट बच्छन् ।’

निर्देशक सञ्जय लीला भन्सालीले अर्को वर्षको जनवरीसम्म यही सेड्युल राख्न चाहेका छन् । आलिया भट्ट पनि साँझको समयमा फिल्मको छायांकन गर्न राजी भएकी छन् । फिल्ममा अभिनेता अजय देवगनको केमियो भूमिका हुने भारतीय मिडियाले बताएका छन् । त्यस्तै, आलियाको अपोजिटमा रणवीर सिंह हुने चर्चा छ । तर, उनीसँग निर्देशक भन्सालीको सम्झौता भएको छैन ।

सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा फिल्म बन्न लागेको हो । फिल्मले कसरी एउटा सम्भ्रान्त परिवारकी शिक्षित युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम कमाठीपूरामा शासन गर्छिन् भन्ने बारेमा आफूलाई पेश गर्नेछ । पहिलो पटक आलिया भट्टले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्न लागेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *