Sajhamanch Archive

उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुईजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुरको कटारी नगरपालिका अन्र्तगत पर्ने सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना.५.ख. नम्बरको खाली कन्टेनर कटारी नगरपालिका वडा नं.८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी नगरपालिका वडा नं.८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। उनीहरुको टाउकोमा गम्भीर चोट लागेकोले रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *