Sajhamanch Archive

फिनल्याण्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by .

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री छन् । तर भर्खर मात्रै उनले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिएका छन् ।

सन्ना मरिनले किशोरीहरुको आवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएका हुन् । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टोलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएका हुन् । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् ।

सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक

आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *