Sajhamanch Archive

झापामा आज थप २५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, थुनुवासहित २५ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ७ जना महिला छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनसार भद्रपुर नगरपालिका वडा नं.१, ३, ६, ७ र १० का २५ देखि ६३ वर्ष उमेरका २ महिला र ८  जना पुरुष, मेचीनगर नगरपालिका वडा नं.६ र ८ का ३२ वर्षकादेखि ५७ वर्ष उमेर समुहका ४ महिला र ६ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.१ र ३ का २५, ३०, ४५ र ४६ वर्षका १ महिला र ३ जना पुरुष र बाह्रदशी गाउँपालिका वडा नं.२ का १ जना पुरुष रहेको बताए ।

उनीहरु मध्ये भद्रपुरका १ जना सुरक्षाकर्मी, ५ जना थुनुवा र १ जना हल्दीबारी गाउँपालिका वडा नं.५ का हुन् भने बिर्तामोडका १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १००३ पुगेको छ भने ८४८ जना निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *