Sajhamanch Archive

दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ ।

सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *