Sajhamanch Archive

स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार-प्रसार इकाइबाट अनुमति लिनु पर्ने उल्लेख छ ।त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *